‘मारुनी’ टीम प्रचार-प्रसारका लागि नेपाल टुरमा



भाद्र १३ बाट प्रदर्शनमा आउने चलचित्र ‘मारुनी’ प्रचार-प्रसारका लागि नेपाल टुरमा हिँडेको छ । नेपाल टुरको सुरुवात सुनसरीको इटहरीबाट भएको छ । बुधबार इटहरीमा भएको भव्य कन्सर्टमा चलचित्रको मुख्य नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, निर्मात्री पुनम गौतम, निर्देशक नवल नेपाल र गायक कृष्ण काफ्लेले दर्शक संग साक्षातकार गरेका थिए ।


लगभग ३ हजार मानिसको उपस्थिति रहेको कन्सर्टमा पुष्प र साम्राज्ञीले ‘जाम न माया जाम’ र ‘सक्दिनँ म बाच्न’ गीतमा आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा स्थानिय मोडलहरुले मारुनीको टि-सर्टमा र्‍याम्प वाक गरेका थिए । साथमा अन्य थुप्रै प्रस्तुती पनि भएको थियो ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरबाट पुनम गौतमले निर्माण गरेको चलचित्रमा दर्शना केसी, मिना क्षेत्री र राजा प्रधान सह-निर्मातामा रहेका छन । चलचित्रमा पुष्प र साम्राज्ञीसंगै रेबिका गुरुङ, विनोद भट्टराई, शंखर सेढाइ, अर्जुन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

नवल नेपालको निर्देशन र गोविन्द फुयालको कथा रहेको चलचित्रमा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । सञ्जय लामाले यस चलचित्र खिचेका हुन् भने मित्र डी गुरुङले सम्पादन गरीरहेका छन् । चलचित्र कलरको जिम्मा रेनिश फागोले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu