‘पासवर्ड’ मा मूर्ति चोरीको कथा (ट्रेलर)



चलचित्र ‘पासवर्ड’ ट्रेलर सार्वजनिक भएको छ । नेपालबाट चोरिएर लण्डन पुर्‍याइएको मन्दिरको मूर्तिलाई नेपाल ल्याउन मुख्य पात्रले गर्ने संघर्षमा चलचित्र आधारित रहेको ट्रेलरले प्रस्ट्याउँछ । भाद्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको सम्राट बस्नेत निर्देशित चलचित्रको ट्रेलरमा प्रोडक्सन भ्यालु उच्च देखिन्छ । यो चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनीको पनि अभिनय छ ।

चलचित्रको एक गीतमा अभिनेत्री सन्नीले ठुम्का लगाएकी छन् । सार्वजनिक ट्रेलरमा उनलाई पनि अटाइएको छ । तर, संवादसहितको दृश्य छैन । चलचित्रमा उनको नृत्यसँगै अभिनय पनि रहेको निर्माण टिमको दाबी छ । उनी ‘पासवर्ड’ को प्रिमियरका लागि नेपाल आउँदैछिन् । एक्सन-लभस्टोेरी चलचित्रको अघिकांश छायांकन यूकेमा भएको हो ।

अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारका कलाकारहरुको चलचित्रमा अभिनय छ । एबी इन्टरनेशनलको व्यानरमा निर्मित चलचित्रमा अर्जुन पोखरेलको संगीत छ । निर्देशक बस्नेत स्वयंको द्वन्द्व निर्देशन छ ।

अमरजीत सिंहको छायांकन र सौरभ लामाको डिओपी रहेको ‘पासवर्ड’ को पटकथा निर्देशक बस्नेत र महेश दवाडीले लेखेका हुन् । भने, कथा सिमा गुरुङको हो । अंकित गौतमको कार्यकारी निर्माता रहेको चलचित्रमा अमित बस्नेत र हिराल जोशी निर्मातामा छन् । युकेको लागि मोहित छब्रा कार्यकारी निर्माता र अजित के.आर थापा चलचित्रका सह-निर्माता हुन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu