मोफसलमा साम्राज्ञीको गजबको क्रेज



अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’ का लागि दर्शक फकाउन देश दौडाहामा छिन् । यसमा उनले आफूलाई बोल्ड भूमिकामा देख्न सकिने बताउँछिन् । यो चलचित्रबाट निकै आशावादी उनी इटहरी, चितवन, पोखरा र बुटबल हुँदै आइतबार नेपालगञ्ज पुगेकी छन् । त्यहाँ चलचित्रको विषयमा जानकारी दिन सांगीतिक कन्सर्ट हुँदैछ ।

यो कन्सर्टमा साम्राज्ञीसँगै नायक पुष्प खड्का, निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, गायक कृष्ण काफ्ले सहभागी छन् । विभिन्न कारणले श्रृंखलाबद्ध रुपमा विवादमा पर्दै आएकी साम्राज्ञीको क्रेज खस्किँदो रहेको बजारमा चर्चा चलेता पनि मोफसलमा भने दर्शकमा उनको क्रेज गजब देखिएको ‘मारुनी’ का मिडिया संयोजक विजय सुवेदी ‘आवाज’ ले जानकारी दिएका छन् ।


इटहरीमा आयोजना भएको कन्सर्टमा साम्राज्ञीलाई भेटन मात्र सयौं बढी फ्यानले ४ घण्टा कुरेका थिए । केही यूवती फ्यानहरु साम्राज्ञी बसेको होटलसम्म पुगेका चलचित्रकी निर्माता पुनम गौतम बताउँछिन् । धेरैलाई होटलमा सुरक्षागार्डले साम्राज्ञीसम्म पुग्न दिएनन् । इटहरीको कन्सर्टमा उनलाई सुरक्षागार्डले स्टेजसम्म पुर्‍याउन ठूलै संघर्ष गर्नुपरेको थियो । उनले केही फ्यानबाट गिफ्ट पनि पाइन् ।

चितवन र पोखरामा पनि उनको क्रेज गजब देखियो । चितवनमा साम्राज्ञीलाई भीडबाट जोगाउन प्रहरी र बडीगार्डलाई धौ–धौ नै परेको थियो । उनीसँग तस्वीर खिचाउन फ्यानहरु स्टेजमै उक्लिएका थिए । केहीले फिल्मको संवाद समेत बोलेर सुनाए । चितवनको कन्सर्ट सकिएपछि उनलाई केही फ्यानले होटलसम्म पछ्याएका थिए । होटलमा आएका फ्यानसँग साम्राज्ञीले तस्वीर खिचाइन् र कुराकानी गरिन् ।


‘ड्रिम्स’ बाट सानदार डेब्यू गरेकी उनले पोखरामा पनि दर्शकको न्यायो माया पाइन् । पोखरामा आयोजना भएको कन्सर्ट पानीका कारण स्थगित भयो । तर, साम्राज्ञीलाई नै हेर्न पुगेका सयौं फ्यानले पानीको प्रवाहा नै नगरि उनलाई पर्खिए । तर, भेट्न पाएनन् । कतिपय यूवतीहरु स्थानिय आयोजकसँग उनलाई भेट गराइदिन आग्रह गर्दै रोएका थिए । चलचित्रको वुटवलमा भने कन्सर्ट भएन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu