‘मारुनी’ को गीत सार्वजनिक, रेविकालाई हाने पुष्पले नजरको झटारो (भिडियो)



पारिवारिक चलचित्र बनाउन सिपालु मानिने निर्देशक नवल नेपालको निर्देशनमा बनेको चलचित्र ‘मारुनी’ को तेस्रो गीत सार्वजनिक भएको छ । ‘हाँने मैले झटारो नजरले गोली’ बोलको लोक शैलीको गीतमा चलचित्रका प्रमुख अभिनेता पुष्प खड्का र नव-अभिनेत्री रेविका गुरुङ फिचर्ड छन् । गीतले दुईको प्रेम भाव बोल्छ । अञ्जु पन्त र कृष्ण काफ्लेको गीतमा स्वर छ ।

पुरुषोत्तम ढुंगेल र गायक काफ्लेको शब्द रहेको गीतमा गायक काफ्ले स्वयंले संगीत भरेका छन् । गीतका एरेञ्जर राजन इशान हुन् । सार्वजनिक गीतको अडियो र भिडियो दुबै सशक्त छ । बजारको मागअनुसार तयार पारिएको गीतको भिडियोलाई आकर्षक बनाउन निर्माण टिमले कुनै कसर छाडेको छैन । यो गीत दर्शकलाई हलसम्म तान्ने हतियार बन्नसक्ने देखिन्छ ।

चलचित्रमा पुष्प र रेविका श्रीमान्-श्रीमतीको भूमिकामा छन् । गीतमा रेविकाको सिउँदो सिन्दर देख्न सकिन्छ । दुईको सम्बन्धमा अभिनेत्री साम्राज्ञी आरएल शाहको प्रवेश भएपछि आउने उतारचढावमा चलचित्र केन्द्रित रहेको बताइएको छ । चलचित्रमा साम्राज्ञी समलिङ्गीको भूमिकामा छिन् । एकैखाले भूमिकामा रमाइरहेकी उनलाई फरक भूमिकामा हेर्न निकै रोचक हुने देखिन्छ ।

पुनम गौतमले निर्माण गरेको चलचित्रमा सह-निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले चलचित्रको कथा लेखेका हुन् । भाद्र १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रलाई संजय लामाले खिचेका हुन् । शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेको छ । मित्र डि.गुरुङ चलचित्रका सम्पादक हुन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu