निर्माता शाहीलाई अनुसन्धानका लागि दुई दिनको म्याद थपियो



२ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’ निर्माता तथा वितरक गोविन्द शाहीलाई काठमाडौं जिल्ला अदालतले फेरि दुई म्याद थप गरेर हिरासतमा राख्न अनुमति दिएको छ । आइतबारदेखि लागू हुनेगरी दुई दिन हिरासतमा राख्न अदालतले दोस्रो पटक म्याद दिएको हो । आइतबार भएको बहसको आधारमा निर्माता शाहीलाई अनुसन्धानको लागि म्याद दिइएको हो ।


उनलाई गएको बुधबार महानगरीय अपराध महाशाखा टेकुले कमलपोखरीबाट पक्राउ गरेको थियो । पक्राउ गरे लगत्तै अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले उनलाई अदालत पुर्‍याएको थियो । पहिलो पटक पनि दुई दिन अनुसन्धानका लागि थुनामा राख्न अदालतले अनुमति दिएको थियो । अहिले निर्माता शाहीलाई टेकुमा राखिएको छ ।

उनलाई प्रहरीले अपराधिक विश्वासघात तथा अपराधिक लाभको मुद्धामा पक्राउ गरेको हो । चलचित्र ‘लिलिबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर) लुकाएको भन्दै निर्माता शाहीविरुद्ध टेकुमा निर्माता द्वय मिलन चाम्स र सुदीप खड्काले उजुरी दिएका थिए । विवादित छविका निर्माता शाही एक समयका हिरो हुन् भने अहिलेका चलचित्र वितरक तथा निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu