प्रदीपले गर्लान् रेखाको चलचित्र ?



अभिनेत्री रेखा थापाले रेनशा वान्तवा राईलाई निर्देशनकोे जिम्मेवारी सुम्पिएर नयाँ चलचित्र बनाउँदैछिन् । बेनामे चलचित्रको दशैंपछि छायांंकन सुरु हुने बताइएको छ । चलचित्रमा रेखा स्वयंको प्रमुख भूमिका रहने बताइएको छ । तर, यस विषयमा निर्माण पक्षबाट कुनै जानकारी प्राप्त भएको छैन । अभिमन्यू निरवीले तयार पारेको कथामा बन्ने फिल्म मल्टीस्टारर हुनेछ ।


स्रोतले दिएको जानकारी अनुसार, यो चलचित्रको प्रमुख भूमिकामा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कालाई अफर गरिएको छ । हाल ‘प्रेमगीत ३’ को तयारीमा रहेका उनीसँग निर्देशक रेनशाले केही दिन अगाडि चलचित्रको विषयमा कुराकानी गर्न भेट गरेकी थिइन् । भेटमा रेखा भने थिइनन् । रेनशाले प्रदीपलाई चलचित्र गर्न आग्रह गरेको जानकारी प्राप्त छ ।

यसअघि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ पनि निर्देशक रेनशाले प्रदीपलाई अप्रोच गरेकी थिइन् । तर, विविध कारणले दुईबीच टिमअप हुन सकेको थिएन । यसपटक पनि यो सम्भावना न्यून देखिएको छ । दशैं लगत्तै ‘प्रेमगीत ३’ को छायांकनमा व्यस्त हुनु पर्ने भएकाले प्रदीपले रेखाको चलचित्र गर्ने सम्भावना न्यून रहेको स्रोत बताउँछ । चाँडै रेखा पनि चलचित्रको विषयमा कुरा गर्न उनीसँग भेट गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu