‘जाइरा’ गीत : ‘जिन्दगीको खेल’ खेल्दै नम्रता (भिडियो)



कृष्ण अष्टमीको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेत्री नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘जाइरा’ को ओरिजिनल साउण्ड ट्रयाक ‘जिन्दगीको खेल’ सार्वजनिक भएको छ । ‘टम्बल वीड’ ब्याण्डले तयार पारेको यो गीतको भिडियोमा प्रियंका आरएल थापा, मोनिषा कर्माचार्य, मोनिका कर्माचार्य र सेलिषा श्रेष्ठको गेस्ट अपिरियन्स छ । पदम बहादुर श्रेष्ठ ‘बाबु’ ले गीत खिचेका हुन् ।


बदलाको कथामा आधारित भएर बनेको ‘जाइरा’ मा अभिनेत्री नम्रता मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । चलचित्रमा उनलाई एक्सन अवतारमा देख्न सकिन्छ । आफ्नो चरित्रलाई आत्मसात् गर्न आठ महिना लामो तालिम लिएर उनले मार्शल आर्टका सबै फर्म सिकेकी थिइन् । चलचित्रमा मार्शल आर्ट खेलाडी बन्नका लागि उनले अफस्क्रिन गरेको मेहनत प्रष्ट देखिन्छ ।

यसमा नम्रतासँगै प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायतको अभिनय छ । चलचित्रका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । चलचित्रको पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको हो ।

अभिनेत्री श्रेष्ठको प्रोडक्सन कम्पनी नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ । दर्शकबाट मिश्रित प्रतिक्रिया बटुलेको यो चलचित्रले बक्सअफिसमा सन्तोषजनक व्यापार गरिरहेको निर्माण टिमबाट जानकारी प्राप्त छ । चलचित्र हेर्ने दर्शकले अभिनेत्री नम्रताको अभिनय र मेहनतको प्रशंसा गरेका छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu