‘तिमिसँगै हुने मन छ’ बनाउँदै दीवाकर



‘क्याप्टेन’, ‘स्टुपिड मन’ र ‘एश्वर्य का निर्देशक दीवाकर भट्टराई अब चलचित्र निर्माणमा पनि होमिएका छन् । उनको निर्माण र निर्देशनमा चलचित्र ‘तिमिसँगै हुने मन छ’ बन्ने भएको छ । सोमबार चलचित्र विकास बोर्डमा निर्देशक भट्टराईले यो नाम दर्ता गराएका छन् । लभस्टोरी जनरामा निर्माण हुने चलचित्रको दशैंपछि छायांकन सुरु हुने बताइएको छ ।

ओम नम शिवाय प्रोडक्सनको व्यानरमा चलचित्र निर्माण हुनेछ । अहिले चलचित्रको स्क्रिप्टमा काम भइरहेको छ । निर्देशक भट्टराईका अनुसार, चलचित्रमा नयाँ र पुराना कलाकारको समिश्रण रहनेछ । तर, प्रमुख भूमिकामा कोही कलाकार फाइनल नभएको उनको भनाई छ । ‘तिमिसँगै हुने मन छ’ मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री दीपिका प्रसाईंको जोडी बाँधिने चर्चा छ ।


निर्देशक दीवाकर भट्टराई सबै निर्देशकलाई आफैं लगानी गरेर चलचित्र निर्देशन गर्न आग्रह गर्छन् । ‘निर्देशकको एउटा आफ्नै सोच हुन्छ । आफ्नो एउटा जनरा हुन्छ । आफैं निर्माता भएपछि स्वतन्त्र भएर काम गर्न पाइन्छ । कसैको दबाबमा काम गर्नु पर्दैन । मलाई जुन जनरामा काम गर्न सक्छु भन्ने कन्फिडेन्ट छ त्यसमा म कसैको दबाब बिना काम गर्दैछु’, उनले भने ।

चलचित्रमा अरु निर्माता भएपछि निर्देशकले स्वतन्त्र भएर काम गर्न नसक्ने उनको अनुभव छ । उनी अगाडि भन्छन्, ‘अरुको ब्यानरमा काम गरिसकेपछि त्यो हिसाबको स्वतन्त्रता हुँदैन, जुन आफैं निर्माता हुँदा हुन्छ । मैले सिक्नका लागि चलचित्र बनाउन लागेको होइन । जसरी एउटा प्रोफेसनल चलचित्र बन्नुपर्छ त्यो प्लान सेट गरेर काम गर्दैछु ।’ चलचित्रको कथा उनी स्वयंले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu