‘चपली हाइट ३’ मा स्वस्तिमा भित्रिइन्



अभिनेत्री स्वस्तिमा खड्काले केही दिनअघि फेसबुक स्टोरीमार्फत् नयाँ चलचित्र साइन गरेको जानकारी दिएकी थिइन् । तर, उनले चलचित्रको नाम लुकाएकी थिइन् । केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले एक चलचित्रको सिक्वेल रहेको बताएकी थिइन् । अन्ततः उनको नयाँ चलचित्रको नाम रिभिल भएको छ । स्वस्तिमाले ‘चपली हाइट’ को तेस्रो सिरिजमा काम गर्न लागेकी हुन् ।


दीपेन्द्र के. खनाल निर्देशित यो चलचित्रको पहिलो पार्ट बक्सअफिसमा सफल भएको थियो । अभिनेत्री विनिता बराललाई यही चलचित्रले लोकप्रियता दिलाएको थियो । दोस्रो पार्टको निर्देशक पनि खनालले नै गरेका थिए तर फिल्म बक्सअफिसमा नराम्रोसँग पिटियो । निर्माता अर्जुन कुमार अब यसको तेस्रो पार्ट निर्माणमा जुटेका छन् । चलचित्रको निर्देशन निकेश खड्काले गर्दैछन् ।

यसअघि निकेश र निर्माता अर्जुनबीच चलचित्र ‘फाटेको जुत्ता’ मा टिमअप भएको थियो । ‘चपली हाइट ३’ मा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ पनि फाइनल भइसकेका छन् । प्रतिक श्रेष्ठ, आमिर गौतमलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सस्पेन्स थ्रिलर कथामा बन्ने चलचित्रको दशैंपछि छायांकन सुरु हुँदैछ । निर्माण टिमले स्वस्तिमाको भूमिकाबारे खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu