‘जीवन काँडा कि फूल’ को ट्रेलर सार्वजनिक (भिडियो)



चर्चित साहित्यकार झमक घिमिरेद्वारा लिखित आत्मकथा ‘जीवन काँडा कि फूल’ कृतिमाथि निर्माण भएको चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । जन्मजात मस्तिष्क पक्षघातबाट पीडित झमकले भोगेको पीडा र सङ्घर्षलाई पर्दामा उतारिएको चलचित्र कात्तिक २२ गतेबाट प्रदर्शनमा आउँदेछ । विनोद विष्ट चलचित्रका निर्देशक तथा निर्माता हुन् ।

चलचित्रमा झमक सानो छँदाको भूमिका सिलगुडिकी अवस्था थापाले निभाएकी छन् । भने, ठूला हुँदाको भूमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै, झमककी बहिनीको भूमिका अभिनेत्री सारिका घिमिरेले निभाएकी छन् । बुबाको भूमिकामा अभिनेता किशन सुना र आमाको भूमिकामा अभिनेत्री उमा गिरी छन् । चलचित्रमा ३० बढी कलाकारको अभिनय छ ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा तथा संवाद रहेको चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतमको स्वर रहेको छ । भने, नृत्य निर्देशक कमल राई हुन् । बद्री चौहान र उमेश सुवेदी कार्यकारी निर्मातामा रहेको चलचित्रमा शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन छ ।

चलचित्रको सह-निर्माता जुनु गौतम हुन् । साहित्यकार घिमिरे सानो छँदाको पुरानो घर र पुस्तकमा वर्णन गरिएअनुसारको दृश्यका लागि कृत्रिम घर निर्माण गरि अधिकांश छायांकन जन्मथलो कचिडे (धनकुटा) मा गरिएको थियो । चलचित्रको सुरु र अन्त्यमा झमक स्वयं देखिने बताइएको छ । उनको बाल्यकालदेखि पछिल्लो अवस्थासम्मको संघर्षपूर्ण पक्ष चलचित्रमा समेटिएको छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu