‘मिस्टर नेपाली’ गीत सार्वजनिक, बेहुला-बेहुली बने भुवन र रीमा (भिडियो)



चलचित्र ‘मिस्टर नेपाली’ को प्रदर्शन मिति र गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रलाई कात्तिक २९ गतेबाट रिलिज गर्न लागिएको जानकारी दिइयो । साथमा, चलचित्रमा समावेश ‘नाँचौ छम्मा छम्मा’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको हो । यो गीतको भिडियोलाई देवचुली फिल्मस्को युटुब च्यानलबाट रिलिज गरिएको हो ।

यो गीतमा मिलन लामा र रीता केसीको स्वर, सुभाष भुषालको संगीत र देव भुषालको शब्द छ । चलचित्रको गीतमा मुख्य कलाकारहरु नायक भूवन केसी, नायिका रीमा विश्वकर्मा, नव–कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउत, कलाकाहरु रवि डंगोल, बिष्णु सापकोटा, कमलमणी नेपाल लगायतलाई देख्न सकिन्छ ।

चलचित्र ‘मिस्टर नेपाल’ लाई देवचुली फिल्मस्को ब्यानरमा प्रेमराज दाहालले निर्माण गरेका हुन् । चलचित्रले राष्ट्रियता र प्रेमको कथा भन्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । चलचित्रको यो गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्रको बिषयमा नायक भूवन केसीले भने–‘यसमा मेरो दोहोरो भूमिका छ । साथै, चलचित्रको कथावस्तु पनि निकै मन परेकाले काम गरेको हुँ ।’

निर्देशक देव भुषालले चलचित्रले राष्ट्रियताको अर्थ पहिरनले नझल्काउने सन्देश चलचित्रले दिने बताए । भुषालकै लेखन तथा पटकथा रहेको चलचित्रमा निरज कँडेलको छायांकन छ । गीतमा देखिएको अभिनेता भुवनको दोहोरो भूमिकाले चलचित्रप्रति दर्शकमा कौतुहलता जगाउने देखिन्छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu