पारिवारिक कथानक चलचित्र ‘आधा सुर’ को सुटिङ सुरु भएको छ । अशिन पौडेलको डेब्यू निर्देशनमा बन्ने यस चलचित्रको बुधबार भद्रकाली मन्दिरमा मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । तीन युवाको गीतसंगीतप्रतिको मोह, संघर्ष र पारिवारिक स्थितिको कथा चलचित्रले वाचन गर्नेछ ।

चलचित्रमा अर्पण थापा, प्रविण खतिवडा, शिशिर वाङ्देल, सरिता गिरी, दीलीप रानाभाट, सुरज बिष्ट, बविता मल्ल, सुभांगम पराजुलीसँगै नव-नायक मोहन जैशी मुख्य भूमिकामा छन् । चलचित्र बिष्णु कल्पितले खिच्दैछन् । रोशनराज थापाको संगीत रहने ‘आधा सुर’ लाई केशव रानाले सम्पादन गर्नेछन् ।
फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा रहेको चलचित्र काठमाडौ र पोखरामा खिचिने छ । चलचित्रका गीतमा रोशनराज थापाको संगीत छ । ‘आधा सुर’ को स्क्रिप्ट निर्देशक अशिन स्वयम् र सौरभ कार्कीले लेखेका हुन् । चलचित्रभरपुर मनोरञ्जक बनाउने दावी निर्देशक अशिनको छ ।




