‘आमा’ का लागि सुरक्षाले काटिन् कपाल



आफूले पाएको भूमिकालाई न्याय गर्न सक्ने अभिनेत्रीको रूपमा स्थान बनाएकी सुरक्षा पन्त अहिले चलचित्र ‘आमा’ को छायांकनमा व्यस्त छिन् । एकपछि अर्को चलचित्र ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको गरिरहेकी उनी यो चलचित्रमा अभिनेत्री मिथिला शर्माकी छोरीको भूमिकामा छिन् । चलचित्रले एक आमा र छोरीको भावनात्मक सम्बन्धको कथा वाचन गर्ने बताइएको छ । चलचित्रका निर्देशक दीपेन्द्र के। खनाल हुन् ।

अभिनेत्री सुरक्षा यो चलचित्रको चरित्रमा यतिसम्म डुबेकी छन् कि वर्षौंदेखि महँगो स्याम्पूले स्याहारेको सिल्की कपाल मुण्डन गरेकी छन् । उनले पहिलो पटक कपाल मुण्डन गरेकी हुन् । कथाको माग अनुसार कपाल काटेको उनको भनाई छ । नेपाली चलचित्रमा विरलै अभिनेत्रीले कपाल मुण्डन गर्छन् । यसअघि चलचित्र ‘जाइरा’ मा अभिनेत्री नम्रता श्रेष्ठले कपाल मण्डन गरेकी थिइन् । प्रायः कस्ट्युम प्रयोग गर्ने गर्छन् ।


सुरक्षाले चलचित्रमा कपाल काट्नु पर्ने सिन भएका कारण कपाल मुण्डन गरेको बताइन् । राम्रो चलचित्र बनाउने प्रयास भएकाले आफ्नो तर्फबाट कुनै कम्प्रमाइज गर्न नचाहेको उनी बताउँछिन् । यो चलचित्रबाट उनी निकै आशावादी छिन् । निर्देशक खनालको यो ड्रिम प्रोजेक्ट भनिएको छ । ‘पशुपति प्रसाद’ पछि दर्शकले अर्को मनछुने कथामा ‘आमा’ हेर्न पाउने उनको दाबी छ ।

दर्के झरी नपर्दा यो चलचित्रको छायांकन नियमित रुपमा हुन सकेको छैन । ३५ प्रतिशत दृश्यमा पानी देखाउनु पर्ने भएकाले अहिले चलचित्रको छायांकन पानी परेको समयमा मात्र हुने गरेको निर्देशक खनाल बताउँछन् । दैनिक कलाकार र प्राविधिकसहित पानी कुरेर बस्ने गरेको उनको भनाई छ । पानी नपर्दा चलचित्रको बजेट निकै बढेको उनले बताए । शर्मिला पाण्डे चलचित्रकी निर्मात्री हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu