थप एक हप्ता निर्माता शाही हिरासतमै रहने



चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई काठमाडौं जिल्ला अदालतले थप एक हप्ता हिरासतमा राख्न अनुमति दिएको छ । यसअघि तीन पटक दुईरदुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । बिहीबार भएको बहसको आधारमा निर्माता शाहीलाई अनुसन्धानको लागि थप एक हप्ता म्याद थपिएको निर्माता सुदीप खड्काले जानकारी दिए ।

अनुसन्धान नसकिएको भन्दै प्रहरीले बिहीबार म्याद थपका लागि निर्माता शाहीलाई अदालत लगेको थियो । अपराधिक विश्वासघात तथा अपराधिक लाभको मुद्धामा उनीलाई गएको बुधबार महानगरीय अपराध महाशाखा टेकुले कमलपोखरीबाट पक्राउ गरेको थियो । पक्राउ गरे लगत्तै अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालत पुर्‍याएको थियो ।


अहिले उनलाई अनुसन्धानका लागि टेकुमा राखिएको छ । दुई वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर) लुकाएको भन्दै निर्माता शाहीविरुद्ध निर्माता द्वय मिलन चाम्स र सुदीप खड्काले गएको एक वर्ष अगाडि महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा उनी पक्राउ परेका हुन् ।

निर्माता गोविन्द शाही एक समयका हिरो र अहिलेका चलचित्र वितरक र निर्माता हुन् । उनी अभिनेता प्रदीप खड्का स्टारर चलचित्र ‘लिलिबिली’ का निर्माता मध्येका एक हुन् । फिल्मको वितरण पनि उनले नै गरेका थिए । विवादित छविका उनले वितरण गर्ने जिम्मा लिएको चलचित्र ‘मारुनी’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । उनी पक्राउ परेपछि यो चलचित्रको रिलिज अस्तव्यस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu