साम्राज्ञी र पुष्पको ‘मारुनी’ हलमा



अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनीत चलचित्र ‘मारुनी’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । आशा गरिएका चलचित्रले समेत निराशाजनक व्यापार गरिरहेको अवस्थामा यो चलचित्रमाथि निकै ठूलो अपेक्षा गरिएको छ । ‘मारुनी’ले बक्सअफिस चलायमान राख्ने अनुमान छ ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो चलचित्रलाई ‘मंगलम’ फेम्ड निर्देशक नवल नेपालले निर्देशन गरेका हुन् । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्मातामा छन् । चलचित्रलाई संजय लामाले खिचेका हुन् ।

चलचित्रमा नायिका रेविका गुरुङको पनि मुख्य भूमिका छ । ‘मारुनी’ को बिषयमा निर्मात्री गौतम भन्छिन्, ‘हामीले यसपटक दर्शकको मुटुलाई छुने कथामा चलचित्र बनाएका छौ । चलचित्रमा थुप्रै ट्विस्ट छन् । दर्शकको मन छुन्छ ।’

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘मारुनी’ लाई आफ्नो करिअरको महत्त्वकांक्षी चलचित्र बताएकी छन् । उनले यस्तो भूमिका यसअगाडि आफूले नगरेको बताइन् । पुष्प पनि चलचित्रलाई लिएर उत्साहित छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu