‘गुञ्जन’ बनिन् सारा



द्वन्द्व निर्देशकको रुपमा आफूलाई स्थापित गरेका अष्ट महर्जनले निर्देशनमा डेब्यू गरेको चलचित्र ‘गुञ्जन’ को अहिले पोखराको विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको छ । यो चलचित्र चलचित्रबाट प्रितमराज सेन्चुरीले नायकको रुपमा रुपमा डेब्यु गर्दैछन् । चलचित्रमा उनको जोडीका रुपमा अभिनेत्री सारा सिर्पाली छिन् ।

बिन्दवासीनी मन्दिरमा शुभ मुहूर्त गरि सुटिङ सुरु गरिएको चलचित्रमा प्रितमराज र साराका साथमा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसेलगायतका कलाकार छन् । यो चलचित्र विशुद्ध प्रेमकथामा आधारित भए बन्न लागेको निर्देशक महर्जनले जानकारी दिए ।


हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको चलचित्रको छायाँकार राजेश श्रेष्ठ हुन् । ए। एच इन्टरटेन्मेन्टको ब्यानर बन्ने चलचित्रको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको चलचित्रका गीतको कोरियोग्राफी कविराज गहतराजले गर्ने छन् । यस वर्षको अन्त्यसम्म चलचित्र प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।

झण्डै ९० प्रतिशत छायाँकन पोखरामा गरिने चलचित्रको बाँकी सुटिङ काठमाडौंमा गरिने जानकारी निर्देशक अष्टले दिएका छन् । अभिनेत्री साराले टिम र स्क्रिप्ट राम्रो लागेका कारण ‘गुञ्जन’ मा काम गर्न राजी भएको बताएकी छन् । यो चलचित्र उनका लागि महत्त्वपूर्ण मानिएको छ । यसअघि चलचित्र ‘लम्फू’ मा अभिनय गरेका कबीर यो चलचित्रलाई लिएर निकै उत्साहित छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu