‘पासवर्ड’ १२ देशका २४ शहरमा एकसाथ प्रदर्शन हुने



भाद्र २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको सम्राट बस्नेत निर्देशित चलचित्र ‘पासवर्ड’ नेपाल प्रदर्शनको दुई साता पछाडि विदेशका १२ देशका २४ शहरमा एकसाथ प्रदर्शन हुने निश्चित भएको छ । मलेसिया, जर्मनी, पोर्चुगल, क्यानडा, दुबई, अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, भारतलगायतका देशमा फिल्म एकसाथ प्रदर्शन हुने चलचित्रका कार्यकारी निर्माता अंकित गौतमले जानकारी दिए । सेप्टेम्बर २७ अर्थात् असोज १० चलचित्रको विदेश प्रदर्शन सुरु हुनेछ ।

यो चलचित्रको अधिकांश छायांकन यूकेमा भएको हो । नेपालबाट चोरिएर लण्डन पुर्‍याइएको मन्दिरको मूर्तिलाई नेपाल ल्याउन मुख्य पात्रले गर्ने संघर्षमा चलचित्र आधारित छ । एक्सन-लभस्टोेरी चलचित्रमा सअनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।

निर्देशक बस्नेत स्वयंको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत छ । अमरजीत सिंहको छायांकन र सौरभ लामाको डिओपी रहेको चलचित्रको पटकथा निर्देशक बस्नेत र महेश दवाडीले लेखेका हुन् । भने, कथा सिमा गुरुङको हो । चलचित्रमा अमित बस्नेत र हिराल जोशी निर्मातामा छन् । बलिउड अभिनेत्री सन्नी लियोनीले यो चलचित्रको उक गीतमा नृत्य गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu