चलचित्र ‘पोइ पर्यो काले’ को पोस्टर सार्वजनिक भएको छ । शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई दिपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् । अमलादेवी राई कार्यकारी निर्माता रहेको चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।

चलचित्रको फस्टलुकमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ र सोहित मानन्धर छन् । यस्तै, चलचित्रको फस्टलुकमा अभिनेत्री पूजा शर्मा र श्रृष्टी श्रेष्ठ पनि छन् । चलचित्रको फस्टलुक हेर्दा यो पारिवारिक फिल्म हो भन्ने लाग्छ ।
चलचित्र ‘पोइ पर्यो काले’ लाई कमेडी कथामा निर्माण गरिएको छ । तर, फस्टलुक हेर्दा चलचित्रका क्यारेक्टरको मुड खुशी देखिएको छ । यसैले पनि चलचित्रको फस्टलुकले नै अहिले कथा खोलेको भने छैन । यो चलचित्र कात्तिक ८ गते प्रदर्शन हुँदैछ ।




