‘म’को छायांकन सुरु



काठमाण्डौ। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरिरहेको नेपाली चलचित्र ‘म’ छायांकन सुरु भएको छ । आईतबार ललितपुरको गोदावारीमा अभिनेत्रि सरिता लामीछाने र डेब्यु नायक सन्जोग रसाईलीको शट लिँदै छायांकन सुरु गरीएको हो ।

यो चलचित्रमा बरिष्ठ कलाकार तथा पाइलट विजय लामा, समर लभ नायिका रेवती क्षेत्री, मेरी मामु नायिका कुसुम गुरुङ्ग, मारुनी नायिका रेवीका गुरुङ्ग, सँगै अनिल कंडेल, रामबाबु रेग्मी, सुन्दर धिताल, पवन भट्टराई लगायतको अभिनय रहनेछ । यस चलचित्रलाई परिच्छेद सेनले निर्देशन गरिरहेका छन् । धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म फेस्टिवलहरुमा अवार्ड जित्न सफल लघु चलचित्रहरु बनाएका सेनले यसै चलचित्रबाट फिचर फिल्मको निर्देशनमा डेब्यू गरेका हुन् । उनले यसअघि दर्जनौँ फिचर फिल्महरुमा मूख्य सहायक निर्देशन समेत गरेका थिए ।

लामो समय देखी चलचित्रका सम्पुर्ण विधामा अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको यो पहिलो चलचित्र हो । यो चलचित्रसँगै अब देखी हरेक बर्ष एकेडेमीले चलचित्र निर्माण गर्ने र सम्भावना भएका विद्यार्थीहरुलाई अवसर दिने योजना रहेको एकेडेमीका सिईओ प्रकाश पुरीले जानकारी गराए ।

निर्देशक परिच्छेद सेनसँगै ‘म’का सिनेम्याटोग्राफर तेन्जीन पाल्देन, एडिटर सुवीज्ञ सुन्दर श्रेष्ठ लगायत अधिकांश कलाकार र टेक्निसीयनहरु एकेडेमीबाटै फिल्म निर्माण पढेका हुन । यही बर्षको अन्त्य तिर प्रदर्शन गर्ने लक्ष्य राखीएको चलचित्रलाई पदम पुरीले निर्माणमा सहयोग गर्दैछन् ।

आफ्नै विद्यार्थीहरु तथा अन्य कलाकारहरु लिएर एकेडेमिले नै चलचित्र बनाउनु आँफैमा महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu