२०२० मा ‘एभेरेष्ट फिल्म अवार्ड’ हङकङमा हुने



हङकङमा सन् २०१९ हुने भनिएको ‘एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ केही समयलाई सरेको छ । एभरेष्ट इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडको आयोजनामा हुन् लागेको अवार्ड हङकङमा पछिल्लो समय भइरहेको आन्दोलनका कारण सार्न बाध्य भएको बताइएको छ ।

आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अवार्ड आयोजक संस्था एभरेष्ट इन्टरटेन्मेन्टका प्रमुख लोकराज लिम्बुले हङकङमा चलिरहेको आन्दोलनका कारण अवार्डको लागि हल र मिति तय गरेपनि स्थगित गर्नुपरेको बताए । उनले भने–‘हामीले बारम्बार अवार्डका लागि मिति तय गरेका थियौं । तर, हङकङमा भैरहेको आन्दोलन रोकिनु छनक देखिएको छैन ।

यही कारणले पनि हामीले अर्को बर्ष अवार्ड गर्ने निधो गरेका हौं ।’सन् २०१९ मा आयोजना हुने भनिएको ‘एभरेष्ट इन्टरनेशनल नेपाली फिल्म अवार्ड’ सन् २०२० मा सरेको छ । अब, यो अवार्ड सन् २०२ मेको २४ तारिखमा आयोजना हुने भएको छ । तिन हजार पाच सय दर्शक क्षमता भएको हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’मा यो अवार्ड आयोजना हुनेछ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको अवार्ड कार्यक्रममा एभेरेष्ट फिल्म एकेडेमीका चेयरम्यान तथा अवार्डका जुरी संयोजक सुनिल थापा , निर्माता तथा हल संचालक प्रदीप दाहाल , लगायतको उपस्थिति रहेको थियो । अवार्डको नेपाल संयोजनको जिम्मा लिएको संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले भने–‘हामीले अब अवार्डमा सन् २०१८ र सन् २०१९ मा रिलिज भएका फिल्मलाई समावेश गरेर २ बर्षको अवार्ड वितरण गर्नेछौ ।’

उनका अनुसार, सन् २०१८ का विजेता नेपालमै घोषणा गरेर हङकङ लैजाने तयारी गरिएको छ । यस्तै, सन् २०१९ का फिल्म मध्ये उत्कृष्ट ३ विधामा पर्ने फिल्मकर्मीलाई अवार्डमा सहभागी गराइनेछ । अवार्डको जुरी संयोजकको रुपमा कलाकार सुनिल थापा छन् । यस्तै, अन्य जुरी सदस्यहरुमा गौरीशंकर धुँजु, विजयरत्न तुलाधर, मनोज केसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu