‘लभ यु हमेशा’ को शिर्ष गीत सार्वजनिक (भिडियो)



कात्तिक २२ गते नेपाल र कात्तिक १५ (नोभेम्बर १) मा भारतमा प्रदर्शन हुने लागेको त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘लभ यु हमेशा’ को शिर्ष गीत सार्वजनिक भएको छ । चलचित्रको गीतमा अभिनेता यशराज गरच र नव-अभिनेत्री फिजा योन्जन प्रेमिल अवतारमा प्रस्तुत छन् ।

फिलिपिन्सको समुन्द्री तटमा खिचिएको गीतमा प्रताप दास र श्रेया सोताङको स्वर छ । भासुको शब्द र संगीत रहेको गीतको भिडियो कोरियोग्राफी भने रामजी लामीछानेले गरेका हुन् । गीतको अडियो कमजोर भए पनि भिडियो आकर्षक बनेको छ । यशराज र फिजाको केमेस्ट्री पनि सुहाएको देख्न सकिन्छ ।


यवन गुरुङको निर्माण रहेको चलचित्र भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएको हो । भाष्कर प्रधान निर्देशित यस चलचित्रमा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारको पनि अभिनय छ ।

शिब ढकालले खिचेको चलचित्रको गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र एनबी महर्जनका द्वन्द्व निर्देशन छ । रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले बितरण गर्ने चलचित्रमा धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको हो । मिलन गुरुङ चलचित्रको सह-निर्मातामा छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu