अभिनेता किशोर खतिवडा र अभिनेत्री सञ्चिता लुईंटेल अभिनीत चलचित्र ‘शिवा’ को एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री सञ्चिता फिल्ममा पत्रकारको भूमिकामा रहेको प्रस्ट्याइएको छ । किशोर टाइटल क्यारेक्टरमा छन् ।

प्रेम र एक्सनका दृश्य समेटिएको ट्रेलरमा शिवाको भूमिकामा रहेका किशोरले आफ्नो गाउँ बचाउन गरेको संघर्ष देखाइएको छ । मंसिर २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई रामकाजी घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि उनकै हो । ज्याक श्रेष्ठले चलचित्रको निर्माण गरेका हुन् ।
किशोर सञ्चितासँगै चलचित्रमा ज्याक श्रेष्ठ, निरज महर्जन, होम दवाडी, पूर्णिमा लामा, शम्भु गहतराजलगायतका कलाकारहरुको अभिनय पनि रहेको छ । कमल राई र लिगेश भट्टराईको चलचित्रका गीतमा कोरियोग्राफी छ । सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई विरेन्द्र भट्टले खिचेका हुन् । भने, राजु ढुंगानाले सम्पादन गरेका छन् ।
निर्देशक घिमिरेले चलचित्र पारिवारिक प्रेमकथामा आधारित भएकाले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । निर्माता तथा कलाकार ज्याकले चलचित्रले उठाएको विषयवस्तु गम्भीर रहेको र गम्भीर रुपमै प्रस्तुत गरिएको बताए । यो चलचित्रमा राजमी लामिछानेलेको ब्याकग्राउन्ड म्यूजिक छ । सुनिरा तम चलचित्रकी कार्यकारी निर्माता हुन् ।
ट्रेलर हेर्नुहोस् :-




