हलमा नीता र प्रज्वलको ‘सोच’



हरेक हप्ताको शुक्रबार प्रदर्शनमा आउने नेपाली चलचित्रले निर्माताको लगानी सुरक्षित गर्न नसकिरहेको अवस्थामा शुक्रबारबाट अभिनेत्री नीता ढुंगााना र अभिनेता प्रज्वल गिरी अभिनीत चलचित्र ‘सोच’ ले एकल प्रदर्शनको दुर्लभ अवसर पाएको छ । यो चलचित्रसँग भिड्न हलमा कुनै नयाँ नेपाली फिल्म छैनन् । पूजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशन रहेको चलचित्र देशभरका झण्डै ६ दर्जन हलमा लागेको जानकारी प्राप्त छ ।

चलचित्रमा नव नायक पूजनसँगै प्रज्वल गिरी, नीता ढुंगाना,बिशाल पहाडी, सोनीका बास्तोला, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायतका कलाकार प्रमुख भूमिकामा छन् । यही चलचित्रबाट निर्देशन र अभिनयमा डेब्यु गरेका पुजनले ‘सोच’ प्रति आफू निकै आशावादी रहेको बताए । ‘मलाई मेरो चलचित्रप्रति निकै आशा छ,’ उनले भने, ‘मैले धेरै समयको अध्ययन, अनुसन्धान र योजनापछि चलचित्र निर्माण गरेको हुँ ।’


निर्मात्री गंगा रजकले पनि चलचित्रप्रति आफू आशावादी रहेको बताएकी छन् । ‘सोचको ट्रेलर र गीतबाट जुन किसिमको प्रतिक्रिया पाएका छौ, त्यसले हामीलाई अझ आशावादी बनाएको छ ।’ उनले चलचित्रले पारिवारिक माहौलको कथा बोल्ने बताइन् । अभिनेता बिशाल पहाडीले ‘सोच’ मा आफू नकारात्मक भूमिकामा रहेको खुलासा गरे । ‘म नकारात्मक भूमिकामा छु,’ उनले भने, ‘मेरो चरित्रलाई परिस्थितिले नेगेटिभ थटको बन्न बाध्य बनाउछ ।’

‘सोच’ रिलिजभन्दा केही दिनअघि अभिनेता प्रज्वल गिरी सपरिवार अमेरिका उडे । चलचित्रको प्रचारमा नहिँडेकोमा अभिनेत्री नीता ढुंगानाप्रति पनि निर्माण टिमको कुनै गुनासो छैन । ‘उहाँहरु जहाँ भए पनि आफ्नोतर्फबाट साथ दिनुभएको छ ।’ निर्देशक पूजनले भने । चलचित्रको पटकथा र संवाद कृष्ण आचार्यले लेखेका हुन् भने एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu