छठमा आउने भयो ‘लभ डायरिज’



असोज ३ रिलिज डेट पोस्टपोण्ड गरेको चलचित्र ‘लभ डायरिज’ ले नयाँ प्रदर्शन मिति छनोट गरेको छ । छठ पर्व लक्षित गर्दै निर्माण टिमले कार्तिक १५ लाई रिलिज तोकेको हो ।

चलचित्रले अब कार्तिक १६ मा छठपर्वको एक दिने विदा खानेछ । सौरभ चौधरी निर्देशित चलचित्रको एक रोमान्टिक गीत पनि सार्वजनिक भैसकेको छ । भिजिट नेपाल २०२० लाई प्रमोट गर्ने उक्त गीतले तारिफ पनि बटुलेको थियो ।

प्रेमकथानक चलचित्रमा सुशील श्रेष्ठसँग डेब्यु गर्ल रुबिना थापाले जोडी बाँधेकी छन् । रोमान्टिक गीत यी दुईको केमेस्ट्री सुहाएको छ । चलचित्रमा विश्वजित रिमालको पनि मुख्य भूमिका छ ।

मधु बास्तोलाको कथा/पटकथा रहेको चलचित्रमा सम्पादक साहिल खानले सह-निर्देशकको काम सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको चलचित्रमा सरोज तुलाधरको सह-निर्माण छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu