फेरि पर्दामा सौगात र श्रृष्टिको जोडी



अभिनेता सौगात मल्ल र पूर्व मिस नेपाल तथा अभिनेत्री श्रृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा रहेको कुरा अब नौलो रहेन । दुईको सम्बन्ध खुल्ला किताबझैँ छ । अचेल सौगात र श्रृष्टि कुनै कार्यक्रममा उपस्थिति हुँदा एकअर्काको हातमा हात बाँधेर पुग्ने गरेका छन् । दुईले एकअर्कालाई गरेको केयर र मायाले धेरैलाई लोभ्याउने गरेको छ ।

रियल लाइफमा छुटिएर बस्न नसक्ने यी प्रेमिल जोडी अहिले रिल लाइफमा पनि छुटिएर काम गर्न सकेका छैनन् । दुईले पहिलो पटक चलचित्र ‘मासु भात’ मा काम गरे । यो चलचित्रको रिलिजको टुंगो लागेको छैन । यसपछि दुईले चलचित्र ‘पोइ पर्‍यो काले’ मा काम गरे, जुन आउँदो कात्तिक ८ गते प्रदर्शनमा आउँदैछ ।

यसमा सौगातले अभिनेत्रीको रुपमा श्रृष्टिलाई सिफारिस गरेको चर्चा छ । दुईले चलचित्र ‘चपली हाइट ३’ मा काम गर्ने चर्चा पनि चलेको थियो । चलचित्रमा सौगात फाइनल नै भएका थिए । तर, श्रृष्टिलाई राम्रो रोल दिन निर्माण टिम तयार नभएपछि उनले चलचित्रबाट हात झिकेको जानकारी प्राप्त छ ।

अब दुईको जोडी फेरि एकपटक पर्दामा देख्न पाइने भएको छ । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको बेनामे चलचित्रमा सौगात र श्रृष्टि अनुबन्ध भएका छन् । चलचित्रमा दुईको जोडी बाँधिनेछ । सुवानी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुने चलचित्रको कथा रंग पत्रकार लक्ष्मण सुवेदीले तयार पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu