‘प्रेम संसार’ को रोमान्टिक गीत ‘सुनैना सुनैना’ सार्वजनिक (भिडियो)



मंसिर १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको राम गौतम निर्देशित प्रेम कथानक चलचित्र ‘प्रेम संसार’ को पहिलो रोमान्टिक गीत ‘सुनैना सुनैना’ सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतले चलचित्रका अभिनेता प्रेम सोनी र अभिनेत्री आयुष्मा कार्कीको प्रेमभाव बोल्छ । गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर सुन्न सकिन्छ ।

अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतका कोरियोग्राफर निर्देशक राम गौतम स्वयं हुन् । चलचित्रमा प्रेम र आयुष्मासँगै कविता नेपाली, मोनिका दाहाल, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल वि.कलगायतका कलाकारहरुको पनि अभिनय छ ।

सोनी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रको कथा प्रेम बहादुर सुनार (गहतराज) को हो । उनी चलचित्रका निर्माता पनि हुन् । दिपेन्द्र बस्न्यातले चलचित्र खिचेका हुन् । कमल सुनार र सीता सुनार पनि निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता उतम केसी र देविन गहतराज हुन् । यो चलचित्रमा शंखर महर्जनको एक्सन छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu