नेपाल आइपुगिन् सन्नी लियोनी



बलिउड अभिनेत्री सन्नी लियोनी आफूले अभिनय गरेको पहिलो नेपाली चलचित्र ‘पासवर्ड’ को प्रिमियरमा सहभागी हुन नेपाल आएकी छन् । बिहीबार दिउँसो साढे ४ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएकी उनी बिहीबार साँझ कुमारी हलमा हुने चलचित्रको प्रिमियरमा सहभागी हुनेछिन् । उनी शनिबार दिउँसो स्वदेश फर्किनेछिन् ।


चलचित्र ‘पासवर्ड’ को ‘नाम मेरो सन्नी’ बोलको गीतमा सन्नीले नृत्य प्रस्तुत गरेकी छन् । यो गीतलाई यूट्युबमा ४० लाखभन्दा बढीको नजर परिसकेको छ । फिल्ममा उनको अभिनय पनि रहेको निर्माण टिमले बताएको छ । नेपाल सबैभन्दा मनपर्ने देश बताउने उनले पहिलो पटक नेपाली चलचित्रमा काम गरेकी हुन् । उनी यो चलचित्रलाई लिएर निकै उत्साहित छिन् ।

अभिनेत्री सन्नीले ‘पासवर्ड’ को गीतमा नृत्य गर्न नेपाली तीन करोड पारिश्रमिक बुझेको चर्चा छ । यस गीतको छायांकनका लागि उनी डान्स कोरियोग्राफर विष्णु देवालाई साथमा दिएर भारतबाट लण्डन पुगेकी थिइन् । गीत यूट्युबमा सार्वजनिक भएपछि उनले ट्वीटरमार्फत् नेपाली चलचित्रको हिस्सा बन्न पाएकोमा गर्व महशुस भएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu