जोगिन्दरले बाँडे विद्यालयका छात्रालाई स्यानेटरी प्याड



हास्यकलाकार शिवशंकर रिजाल आफ्नो वास्तविक नाम भन्दा पनि जोगिन्दर पानवालाको नामले परिचित छन् । उनले ’जोगिन्दर बोले प्रणाम जी’ शो ल्यारहँदा दर्शकबाट यस्तो उपनाम पाएका हुन् । पेशाले हास्य कलाकार भएपनि उनको मन कमलो छ । कलाकारितासँगै समाज सेवामा पनि सक्रिय रिजालले गत मंगलबार आफूले अध्ययन गरेको विद्यालयका छात्रालाई स्यानेटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेका छन् ।

बरहथवा नगरपालिकास्थित सरस्वती उमाविमा आयोजित कार्यक्रममा रिजालले कक्षा ८, ९ र १० का छात्रालाई महिनावारी हुँदा लगाउने स्यानेटरी प्याड वितरण गरेका हुन् । ’महिनावारी हुँदा अधिकांश छात्रा विद्यालय नआउने गरेको थाहा पाए तर उनीहरुले शिक्षित हुने अधिकार उनीहरुसँग छ’ रिजाल भन्छन् ’एक दातृसंस्थाबाट पाएको स्यानेटरी प्याडसँगै मैले सकेको सहयोग गरेको हुँ ।’

उनले सोही विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेनदार दुईजना छात्र र छात्रालाई छात्रवृत्ति उपलब्ध गराउन उनले आर्थिक सहयोग गरेका छन् । कार्यक्रममा कलाकार रिजालले आफ्ना बुबाआमाको नाममा रहेको जगत कृष्णमाया रिजाल फाउन्डेसनको तर्फबाट एक लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापनाका लागि विद्यालयका प्रधानाध्यापक भरत महतोलाई चेक प्रदान गरेका थिए ।

साथै, उनले विद्यार्थीहरुलाई ४० हजार रुपैयाँबराबरका कापीकलमसमेत वितरण गरे । ’जहाँबाट मैले ज्ञान पाए र आज यो स्थानमा छु त्यो मन्दिरलाई सहयोग गर्न पाउँदा निकै उत्साहित छु’ उनले भने । त्यस्तै कक्षा ५ सम्म उनले अध्ययन गरेको पिपरभित्तास्थित जनता आधारभूत विद्यालयलाई समेत विपन्न एवं जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न फाउन्डेसनकै नामबाट ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

रिजालले सो विद्यालयका विद्यार्थीहरुलाई पनि कापीकलम प्रदान गरेका थिए । तीन लाख रुपैयाँबराबरको स्यानेटरी प्याड तथा दुईवटा विद्यालयमा एक लाख रुपैयाँबराबरका कापीकलम प्रदान गरिएको र एक लाख ६२ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका रिजालले स्थानित विधार्थी र शिक्षकबाट धन्यवाद पाए । आफ्नै स्कुलबाट पढेर राष्ट्रको गहन बनेर सहयोगीको रुपमा शिव शंकर रिजाललाई पाउँदा शिक्षक खुसि देखिन्थे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu