‘रातो टिका निधारमा’ गीत : टीका र जमरामा अंकित र साम्राज्ञीको ठुम्का (भिडियो)



दशैंको घटस्थापना अर्थात् असोज १० बाट देशैभर एकसाथ प्रदर्शनमा आउन लागेको भेट्रान निर्देशक अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’ मा दशक अगाडिको सुपरहिट चलचित्र ‘अल्लारे’ को सदाबहार गीत ‘रातो टीका निधारमा टलक्क टल्कियो’ लाई रि-एरेञ्ज गरेर राखिएको छ । शुक्रबार निर्माण टिमले यो गीतको रिमेक भर्सन सार्वजनिक गरेको छ ।

गीतको ओर्जिनल भर्सनमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर छ । रिमेक भर्सनमा गायक प्रमोद खरेल र गायिका मेलिना राईले स्वर भरेका छन् । पुरानो गीतमा संगीत भरेका शम्भुजित बाँस्कोटाले नै यो गीतलाई रि-एरेञ्ज गरेका हुन् । गीतका वास्तविक सर्जक शहदेव ढुंगाना हुन् । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह र नव-अभिनेता अंकित शर्मा फिचर्ड छन् । गीतले दशैं नजिकिएको भान गराउँछ ।


गीतको भिडियोमा अंकित र साम्राज्ञीसँगै रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, अरुणा कार्कीलगायतका कलाकार पनि अटाएका छन् । चलचित्रले वैदेशिक रोजगारीको कथा वाचन गरेको छ । अभिनेत्री साम्राज्ञीले यो चलचित्रमा पहिलो पटक गाउँले भूमिका निर्वाहा गरेकी छन् । निर्देशक अशोक शर्माका छोरा अंकितले यही चलचित्रबाट डेब्यू गरेका हुन् । उनी चलचित्रलाई लिएर उत्साहित देखिए ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ । चलचित्रलाई निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले निर्माण गरेका हुन् । चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर नछाडेको निर्देशक शर्मा बताउँछन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu