नेपाली चलचित्र ‘निल काँडा’ को सोमबार पूर्वको विर्तामोडबाट शुभ मुहर्त गरि चलचित्रको छायाँकन सुरु गरिएको छ । यो चलचित्रलाई दिनेशराज शर्माले निर्देशन गर्दैछन ।

मौसम फिल्मस् प्रालिको ब्यानरमा निर्माण भई रहेको चलचित्रमा सरोज खनाल, अर्जुन गुरुङ (भंगेरी डन ), रिस्ता बस्नेत, नवनायक दिपक तिवारी, नवनायिका तेजश्वनी बास्कोटा, उमा बेबी, विक्रान्त गिरि, श्याम चौधरी, याम खरेल लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रको कथा तेजश्वनी बास्कोटाको संवाद/पटकथा दिनेशराज शर्मा रहेको छ ।
यस चलचित्रमा बरिस्ठ निर्देशक लक्ष्मी नाथ शर्मा टेक्निकल एड्भाइजरको रुपमा रहेका छन् । चलचित्र संगीत विकाश चौधरीको रहेको छ भने गीतकारमा हरी उप्रेती, दिनेस राज शर्मा, आरबी खड्का छायाँकनमा बिनोद सापकोटा रहेका छन ।
चलचित्र आउदो मङ्सिर १५ गते को दिन देखि प्रदर्शनमा आउने बताइएको छ ।




