चलचित्र निर्देशक तथा चर्चित सञ्चारकर्मी भुषण दाहाल १२ वर्षपछि चलचित्र निर्देशनमा फर्किने भएका छन् । दशक अगाडि उनले चलचित्र ‘कागबेनी’ निर्देशन गरेका थिए । यो नेपालको पहिलो डिजिटल चलचित्र हो । त्यसअघि नेपाली चलचित्र रिलमा खिचिन्थ्यो ।
निर्देशक दाहालले ‘कागबेनी’ पछि भाट्टफुट्ट म्यूजिक भिडियोको निर्देशन गरेता पनि चलचित्र निर्देशनबाट भने टाढा थिए । त्यसको कारण उनी आफ्नो व्यस्तता मान्छन् । हाल कान्तिपुर टेलिभिजनको जीएम रहेका उनी अब चलचित्र निर्देशनमा फर्किने तयारीमा छन् ।

प्राप्त जानकारी अनुसार, उनले तिहार सकिएपछि चलचित्रको छायांकन सुरु गर्नेछन् । सम्भवतः चलचित्रको निर्माण घोषणा दशैं अगावै हुनेछ । उनले १२ वर्षपछि फिल्म निर्देशनमा फर्किन लाग्दा आफूमा दबाब र उत्साह दुबै मिसिएको बताएका छन् । फिल्ममा कान्तिपुर मिडिया ग्रुपको लगानी रहने बताइएको छ ।
६५ वर्षिय एक वृद्ध पात्रलाई मुख्य भूमिकामा लिएर भुषणले चलचित्र निर्देशन गर्न लागेका हुन् । बदलिएको नेपाली फिल्मको ट्रेन्डको परिप्रेक्ष्यमा काम गर्न लागेको उनको भनाई छ । १२ वर्षपछि चलचित्र निर्देशनमा फर्किन लागेका कारण आफू निकै उत्साहित रहेको उनी बताउँछन् ।




