सुशीलको ‘बादशाह जुट’ कात्तिक १५ मा



अभिनेता सुशील श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्र ‘बादशाह जुट’ आउँदो कात्तिक १५ गतेबाट देशव्यापीी प्रदर्शनमा आउने भएको छ । यसअघि यो चलचित्र कात्तिक १ मा आउने निधो भएको थियो । तर, असोज २३ गते यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘छ माया छपक्कै’ आउने भएपछि यो चलचित्र फेरि घोषित मितिबाट पछाडि हटेको हो ।

अब अभिनेता सुशील आफैंसँग बक्सअफिसमा भिड्ने भएका छन् । उनको प्रमुख भूमिका रहेको चलचित्र ‘लभ डायरिज’ पनि कात्तिक १५ मा नै आउँदैछ । केही दिन अगाडि मात्र यो चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, ‘लभ डायरिज’ केही पछाडि हट्न तयार भएपछि ‘बादशाह जुट’ कात्तिक १५ मा आउन लागेको जानकारी प्राप्त छ ।

आफूले आफूलाई बादशाह सम्झने दुई युवाको कथामा निर्माण भएको ‘बादशाह जुट’ लाई जोनी सिंह राणाले निर्देशन गरेका हुन् । उनी आफैंले तयार पारेको कथामा निर्मित यस चलचित्रमा सुशीलका अलावा रविन तामाङ, आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतको पनि अभिनय छ । चलचित्रको गत वर्ष नै ‘काफल पाक्यो’ गीत सार्वजनिक गरिएको थियो ।

एच एण्ड बि फिल्मस् प्रा.लि. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि. को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राजु कार्कीको डिओपी, राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ । हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) ले चलचित्रको निर्माण गरेका हुन् । चलचित्रमा प्रियंका कार्कीको अतिथी भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu