‘माया पिरिम’ को फर्स्टलुक पोस्टर सार्वजनिक



मंसिर २० गतेलाई देशव्यापी प्रदर्शनमा आउनका लागि तयार टेक पौरखी राई निर्देशित चलचित्र ‘माया पिरिम’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको थिमअनुसार तयार पारिएको दुई पोस्टरमा कोशिश क्षेत्री, किरण चन्द, अन्जली अधिकारी, अर्जुन गुरुङलगायतका कलाकारहरु फिचर्ड छन् । चलचित्र लभस्टोरी कथामा निर्माण भएको पोस्टरले प्रस्ट्याउँछ ।

यो चलचित्रको कथा सविन अधिकारीले लेखेका हुन् । प्रविन थापा र सविन अधिकारीको निर्माणमा बनेको चलचित्रमा सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्मातामा रहेका छन् । ‘माया पिरिम’ मा मोहन मरासैनी र युवराज दाहाल सह-निर्मातामा रहेका छन् । निरज कँडेलले चलचित्र खिचेका हुन् । भने, जीवन थापाको काँधमा सम्पादनको जिम्मेवारी छ ।

सलोन बस्नेत, कालु राना, जयनन्द लामा, अरुणा कार्की, अनुपमा भण्डारी, विशाल पहाडी, टेक पौरखी राई, सागर बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रमा श्री श्रेष्ठको द्वन्द, कोशिश क्षेत्रिको संगीत, शिशिर खातीको कोरियोग्राफी रहेको छ । निर्देशक राईले युवापुस्तालाई लक्षित गरेर ‘माया पिरिम’ निर्माण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu