‘छ माया छपक्कै’ ट्रेलरमा राजनीति भर्सेस प्रेम (भिडियो)



यस वर्षको बहुप्रतक्षीत चलचित्रमध्ये एक ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार उद्घाटन भएको बानेश्वरमा अवस्थित ‘वान सिनेमाज’ हलमा आकस्मिक पत्रकार सम्मेलन गर्दै निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर ‘वडा नम्बर ६’ फ्लेवरको छ । अर्थात् राजनीति पृष्ठभूमिमा प्रेम बुनिएको छ । तर, कमेडीलाई प्रधानता दिइएको छैन ।

दीपेन्द्र लामा निर्देशित चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारहरुको अभिनय छ । असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । चलचित्रलाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरिरहेका छन् ।


ट्रेलर सार्वजनिक कार्यक्रममा दीपकराजले ‘वडा नम्बर ६’ फ्लेवरमा ‘छ माया छपक्कै’ निर्माण नभएको बताए । ‘वडा नम्बर ६’ कै निरन्तरता हो ? भन्ने पत्रकारको प्रश्नले उनले भने, ‘हामीले ‘६ एकान ६’ देखि ‘छक्का पञ्जा ३’ सम्म बनाएका चलचित्रको अनुहार फरक थियो । यसपटक पनि अनुहार फरक छ । ‘वडा नम्बर ६’ र ‘छ माया छपक्कै’ को कथामा कुनै मेल छैन ।’ उनले चलचित्रमा राजनीतिक पृष्ठभूमिमा प्रेम बुनिएको बताए ।

चलचित्रका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे हुन् । निर्देशक लामाकै कथा रहेको चलचित्रमा दीपकराज गिरीको पटकथा रहेको छ । संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको यस चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ । रोहित अधिकारीले चलचित्रको निर्माण गरेका हुन् । यो चलचित्रलाई रिलिज अगावै ‘स्योर सट’ हिट मानिएको छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu