जसिता र धिरजको जोडीको प्रतिक्षा कति ?



केही अगाडि प्रेम सम्बन्धमा रहेका अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ चाँडै निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राईले नयाँ चलचित्र ‘आई एम ट्वान्टिवान’ मा काम गर्दैछन् । ‘लिलिबिली’ बाट जसिताले अभिनयमा डेब्यू गरेपछि दुईको सम्बन्धमा पूर्णविराम लागेको बताइन्छ । तर, यो कुरा दुबै स्वीकार गर्ने पक्षमा छैनन् । तिहारपछि छायांकन सुरु हुने यो चलचित्रका लागि अहिले दुबै वर्कसपमा व्यस्त छन् ।

ब्रेकअपपछि जसिता र धिरज एउटै चलचित्रमा काम गर्न कसरी राजी भए भन्ने विभिन्न खाले चर्चा परिचर्चा भइरहेको अवस्थामा गएको बिहीवार उनीहरु निर्देशक रेनशाका श्रीमान् प्रज्वल शम्शेर राणाले सञ्चालनमा ल्याएको मल्टीप्लेक्स हल ‘वान सिनेमाज’ को उद्घाटन सेरोमनीमा देखिए । धिरजको पाखुरा समात्दै कार्यक्रममा पुगेकी जसिता निकै बोल्ड अवतारमा देखिएकी थिइन् ।


हल उद्घाटन अवधिभर दुईले एकअर्काको साथ छाडेनन् । हलको कुर्सीमा बस्दा समेत जसिताले धिरजको पाखुरा समातिरहेकी थिइन् । मिडियाका लागि तस्वीर खिचाउँदा पनि दुईबीच गजबकै घनिष्टता देखिएको थियो । यी दृश्य हेर्दा यस्तो लाग्थ्यो, पुरानो प्रेम फेरि टुसाउन खोज्दैछ । फेरि उनीहरु प्रेमको अथाहा गहिराइमा डुब्न खोज्दैछन् । दुईको सामिप्यता देखेर यो महशुस नगर्ने कार्यक्रममा सायदै थिए ।


पहिलो पटक धिरज र जसिताको जोडी बाँधिएका कारण छायांकन अगावै ‘आई एम ट्वान्टिवान’ को दर्शकमाझ व्यग्र प्रतिक्षा भइरहेको छ । अहिलेदेखि नै भइरहेको यो जोडीको चर्चाले चलचित्रको हाइप निर्माणमा ठूलो मद्दत पुग्ने देखिन्छ । त्यसैले निर्देशक रेनशाले पनि दुईलाई चर्चामा ल्याउन कुनै कसर बाँकी राखेकी छैनन् । आफ्नो हल उद्घाटनमा उनले दुईलाई उपस्थित गराउनुको उद्देश्य पनि यही थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu