शिशिर स्टारर ‘काले दाई’ को गीत सार्वजनिक (भिडियो)



नेपाली कथानक चलचित्र ‘काले दाई’ मा समावेश ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा गायन रियालिटी सो ‘नेपाल आइडल’ पहिलो सिजनका प्रतिस्पर्धी सुरज थापाको स्वर छ भने पवनवाङ लामाको संगीत भरेका छन् ।

गीतको शब्द ईन्द्र रामजाली र गोविन्द श्रेष्ठले लेखेका हुन् । गीतको भिडियोमा चलचित्रका केही चल/अचल दृश्यहरु समावेश गरिएको छ । फूलपातीको अघिल्लो दिन अर्थात् असोज १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रले प्रेममा जात घुसेपछि उत्पन्न हुने द्वन्दको कथा वाचन गरेको छ ।

‘काले दाई’ मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ । शिव शर्मा निर्देशित चलचित्रको मूलकथा एक कालो वर्णको युवकको जीवनमा आउने उचार-चढावमा केन्द्रित छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ । यसमा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu