‘कमेडी च्याम्पियन’ का लागि टप २४ छनोट



केही समय अगाडि घोषणा गरिएको कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को अघिल्लो साता मात्रा डिजिटल अडिसन सकिएको छ । भने, फिजिकल अडिसन गरेर टप २४ छनोट गरिएको छ । डिजिटल अडिसनमा मोबाइल एप, वेबसाइट , सामाजिक सञ्जाल पेजसँगै रेडियो अडियो मार्फत सहभागी दुई हजार प्रतियोगी मध्येबाट निर्णायक मण्डलले एक सय पाँच छनोट गरेको हो ।

गत असोज २ र ३ गते गरिएको फिजिकल अडिसनमा सहभागी एक सय पाँच मध्येबाट २४ छनौट भएका हुन् । उनीहरुले प्रत्यक्ष रुपमा निर्णायकमाझ आफ्नो कला प्रस्तुत गरेका थिए । जसलाई वरिष्ठ हास्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराईको निर्णायक मण्डलले छनोट गरेको थियो ।

२४ छनौट प्रतियोगी मध्य २ भारतको दाजिलिङ र असामका रहेका छन् । छनोट भएका २४ लाई कमेडी च्याम्पियन टिमले नै क्लोज क्याम्पमा राखेर मोनिटर गर्नेछ । उक्त प्रतियोगी मध्यबाट टप १५ लाई निर्णायकले नै छनौट गर्नेछन् भने त्यसपछि भोटिङ मार्फत कमेडी च्याम्पियनको विजेता चयन हुनेछ । प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गर्नेछ । अभिनेत्री केकी अधिकारी, राज घिमिरे र सृजय थपलिया निर्माता रहेको सो बिशाल भण्डारीको निर्देशनमा तयार हुने छ ।

पछिल्लो समय विदेशी फ्रेनचाइजको शोहरु बढ्दै गर्दा आफ्नोपन बोकेको कमेडी च्याम्पियनले दर्शकको माया र साथ पाउनेमा निर्देशक भण्डारी विश्वस्त छन् । शोलाई पछिल्लो समय नेपाल आइडलको दुइ सिजन होस्ट गरेर चर्चामा आएकी रीमा विश्वकर्माले होस्ट गनेछिन् । सो ७५ प्रतिशत स्क्रिप्टेड हुनेछ, जसलाई शान बस्न्यातले लेख्नेछन् । विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । कार्यक्रम छिटै नै कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu