उदयमान गायक ए.बि. संकल्पको स्वरमा रहेको नयाँ गीत ‘काँडामा देख्छु तिमीलाई” यूट्युबमा सार्वजनिक भएको छ । गीतको भिडियोमा नायिका अनु शाह र यसै गीतमा गायक ए.बि. संकल्पले अभिनय गरेका छन् ।

सार्वजनिक गीतमा गायनसँगै शब्द तथा संगीत संकल्प स्वयंको छ । देबेन्द्र पाण्डेले निर्देशन गरेको गीतको भिडियोलाई उत्सब दाहालले खिचेका हुन् । गीतले अनु र संकल्पको प्रेमभाव बोल्छ ।
अचुत बजगाईंको सम्पादन रहेको भिडियोमा छायाँकार दाहाल स्वयंले ड्रोन उडाएका छन् । गायक संकल्प युवापुस्तालाई लक्षित गरेर गीत तयार पारिएको बताए । उनी यो गीतले सफलता हासिल गर्नेमा विश्वस्त छन् ।
गीत हेर्नुहोस् :-




