‘पायल’ को पोस्टर सार्वजनिक



चलचित्र ‘पायल’ को पोस्टर सार्वजनिक भएको छ । दिनेश लिङ्देनको कथा र निर्देशनमा निर्माण भएको यो चलचित्र मंसिर अन्तिममा प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ । सामाजिक कुरिती विरुद्ध सामाजिक तथा पारिवारिक कथासँगै नारी संवेदनशिलतामा चलचित्र तयार पारिएको छ ।


चलचित्रमा रीया श्रेष्ठ, ध्रुव न्यौपाने, भिम थेबे, राजकुमार लिङ्देन, उदय सुब्बा, यासेली योङहाङ, बबिता नेयोङहाङ, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, सागर केरुङ, रामकृष्ण नेउपाने, अर्मान खान, देव नेपाल, कुइसाङ रुम्बा, विश्व मुखिया, प्रेम आलेलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा टिका भण्डारी र विकास चौधरीको संगीत, कुमार महर्जनको द्वन्द्व, ज्ञानु राईको छायांकन रहेको चलचित्रमा दिनेश माङमुको नृत्य छ । भीम थेबेको प्रस्तुती र आर पि दाहाल सह–निर्माता रहेको चलचित्रकी निर्मात्री कविता राई लिङ्देन हुन् । चलचित्र उत्कृष्ट बनेको निर्माण टिमको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu