कात्तिक २९ मा शितलको ‘सम्हाली राख है’



निर्माणको लामो समयपछि चलचित्र ‘सम्हाली राख है’ प्रदर्शनमा आउने भएको छ । अभिनेता शितल केसी स्टारर यो चलचित्रको प्रदर्शन मिति आउँदो कात्तिक २९ गतेलाई घोषणा गरिएको छ । वितरकसँगको लामो छलफलपछि निर्माण टिमले फिल्मको प्रदर्शन मिति तोकेको हो । अहिलेसम्म यो मितिमा अरु चलचित्र छैनन् ।

आरएल मोक्तानको निर्देशन रहेको चलचित्रमा शितलसँगै अर्जुन कुवँर, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको छ । अहिले चलचित्रको पोष्ट प्रोडक्सनको काम अन्तिम चरणमा छ । तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा चलचित्र बनेको हो ।


शंकर कार्कीको प्रस्तुति रहेको चलचित्रलाई हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । श्यामकृष्ण महर्जन सह-निर्माता रहेको चलचित्रमा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ ।

शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाले गाएका छन् । निर्देशक मोक्तानकै पटकथा तथा संवाद रहेको चलचित्रमा काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य समेटिएका छन् । चलचित्र सबै नेपालील हेर्नुपर्ने बनेको निर्देशक मोक्तानले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu