यस्तो बन्यो ‘छ माया छपक्कै’ पोस्टर



असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छ माया छपक्कै’ आधिकारिक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु केकी अधिकारी, दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरे फिचर्ड छन् । केकी र दीपकराजलाई विशेष प्राथमिकता दिइएको पोस्टरमा दुईलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । यो चलचित्रमा राजनीतिक पृष्ठभूमीमा प्रेम बुनिएको छ ।

नेपाली चलचित्रमा कमेडी फिल्मको ट्रेन्ड सुरुवात गर्न महत्त्वपूर्ण भूमिका खेलेको दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको यो चलचित्रलाई प्रदर्शन अगावै ‘स्योर सट हिट’ मानिएको छ । दीपेन्द्र लामा निर्देशित चलचित्रमा दीपकराजले युवा नेताको भूमिका निभाएका छन् । जसको आफूभन्दा आधा उमेर कम युवती (केकी अधिकारी) सँग प्रेम बस्छ ।

चलचित्रमा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रमा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । चलचित्रलाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरिरहेका छन् । शुक्रबार यो चलचित्रको प्यारोडी प्रमोसनल गीत ‘बिच बिचमा’ सार्वजनिक हुँदैछ । जसमा गायक दुर्गेस थापाको स्वर छ ।

दीपक-दीपा समुहले पहिलो पटक बाहिरी ब्यानरमा सहकार्य गरेको यो चलचित्रका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे हुन् । निर्देशक लामाकै कथा रहेको चलचित्रमा दीपकराज गिरीको पटकथा रहेको छ । संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोहित अधिकारीको निर्माण रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu