अशोक शर्माले गरे ‘अल्लारे २’ घोषणा, अर्को दशैंमा आउने



निर्देशक अशोक शर्माले अर्को वर्षको दशैंमा दुई दशक अगाडि प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र ‘अल्लारे’ को सिक्वेल प्रदर्शन हुने घोषणा गरेका छन् । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘रातो टिका निधारमा’ को अन्तिममा निर्देशक शर्माले अर्को वर्षको दशैंमा ‘अल्लारे २’ प्रदर्शनमा आउने उल्लेख गरेका छन् । तर, यसपटक चलचित्रको निर्देशन उनले गर्ने छैनन् ।

चलचित्र निर्देशनको जिम्मेवारी उनले छोरी कृति शर्मालाई सुम्पिएका छन् । कृतिले अमेरिकमा चलचित्र मेकिङमा ब्याचलर गरेर नेपाल फर्किएकी हुन् । अहिले उनी अभिनेता खगेन्द्र लामिछानेले निर्देशनमा डेब्यू गर्न लागेको चलचित्र ‘पानीफोटो’ मा सहायक निर्देशकको रुपमा काम गरिरहेकी छन् । ‘रातो टिका निधारमा’ मा पनि उनले पितालाई निर्देशनमा सघाएकी थिइन् ।

अब उनलाई पिताले ‘अल्लारे’ को दोस्रो श्रृंखला निर्देशन गर्ने जिम्मेवारी हस्तान्तरण गरेका छन् । अहिलेसम्म चलचित्रका लागि कलाकारको टुंगो लागेको छैन । सन् १९९८ मा प्रदर्शनमा आएको चलचित्र ‘अल्लारे’ मा राजेश हमाल, करिश्मा मानन्धर, नीर शाह, अशोक शर्मा प्रमुख भूमिकामा थिए ।

चलचित्रमा संगीतकार शम्भुजित बाँस्कोटाको कथालाई स्वर्गीय शिव रेग्मीले पटकथामा ढालेका थिए । यो चलचित्रमा समावेश ‘रातो टिका निधारमा’ गीत अझै पनि दर्शकमाझ लोकप्रिय छ । यही गीतको शिर्षक सापटी लिएर निर्देशक शर्माले ‘रातो टिका निधारमा’ चलचित्र निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu