‘साङ्लो’ पोस्टरमा विराजको यस्तो अवतार



एक समय नेपाली चलचित्रमा आफ्नो बलियो साम्राज्य बनाएका अभिनेता विराज भट्टको डेब्यू निर्देशित चलचित्र ‘साङ्लो’ को पोस्टर सार्वजनिक भएको छ, नयाँ प्रदर्शन मितिसहित । आउँदो फागुन ९ गतेलाई प्रदर्शन मिति तोक्दै सार्वजनिक गरिएको पोस्टरमा विराजलाई एक्सन मुडमा देख्न सकिन्छ ।

उनले तीन वर्ष अगाडि रोज राणा निर्देशित चलचित्र ‘जय परशुराम’ बाट नेपाली चलचित्रमा कमब्याक गरेका थिए । तर, यो चलचित्र बक्सअफिसमा असफल हुँदा विराजको कमब्याक सुखद हुन सकेन । अब उनी आफैं चलचित्र निर्माण र निर्देशनमा होमिएका छन् । ‘साङ्लो’ ले आफ्नो पुरानो स्टारडम फिर्ता गर्नेमा उनी विश्वस्त छन् ।

लामो समयदेखि काँचको पर्दाबाट टाढा रहेका कारण विराजको एक्सनको भोका प्रशंसकमाझ यो चलचित्रको व्यग्र प्रतिक्षा छ । चलचित्रले किड्नी तस्करीको कथा भन्छ । चलचित्रमा विराजको जोडी पूर्व मिस नेपाल निकिता चाण्डकसँग बाँधिएको छ । चलचित्रमा प्रकाश शाह नेगेटिभ रोलमा छन् ।

मानकृष्ण महर्जन छायाँकार रहेको चलचित्रमा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ । सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत रहेको चलचित्रमा शिवम् अधिकारीको कथा र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu