पुष्पन प्रधानको स्वरमा ‘सरौतो’ को गीत (भिडियो)



आउँदो कात्तिक २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘सरौतो’ को दोस्रो गीत सार्वजनिक भएको छ । पहिलो गीत ‘कुले दाइ’ ले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले शनिबार राजधानीमा एक कार्यक्रमका बीच रोमान्टिक भावको ‘केही आधा’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा ‘पन्छी’ फेम्ड गायक पुष्पन प्रधानको स्वर, शब्द र संगीत छ ।

छायाँकार हरि हुमागाईंको डेब्यू निर्देशित फिल्मको सार्वजनिक गीतगीतको भिडियोमा चलचित्रका दुई लिड कलाकार सुमी मोक्तान र सन्नी सिंह फिचर्ड छन् । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् । भने, कोरियोग्राफी र छायांकन निर्देशक हरि स्वयंको हो । उनका अनुसार, यस गीतलाई चलचित्रमा कथावाचनको रुपमा प्रयोग गरिएको छ ।

बन्दीपुर, पोखरा, धम्पुस, मुस्ताङ, लुम्बिनी, सौराहा र जनकपुरमा छायांकन गरिएको हो । गीतले नेपाल सरकारको अभियान ‘भिजिट नेपाल २०२०’ लाई पनि सपोर्ट गर्ने विश्वास चलचित्र टिमको छ । चलचित्रमा लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको पनि अभिनय छ ।

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ । चलचित्र रिभेन्जको कथा निर्माण भएको हो ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu