‘छड्के’ को सिक्वेल निर्माण हुने



गएको ६ वर्ष प्रदर्शन प्रदर्शनमा आएको चलचित्र ‘छड्के’ को सिक्वेल निर्माण हुने भएको छ । पहिलो पार्टमा दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, नम्रता श्रेष्ठलगायतका कलाकारहरुको फिल्ममा अभिनय थियो । निगम श्रेष्ठले चलचित्रको निर्देशन गरेका थिए । रिलिजपूर्व निकै चर्चामा रहेको यो चलचित्र बक्सअफिसमा भने असफल साबित भएको थियो ।

घटस्थापनाको शुभ अवसारमा निर्माण टिमले ‘छड्के’ को सिक्वेल ‘छड्के २’ घोषणा गर्‍यो । निगम श्रेष्ठ स्वयंले निर्देशन गर्ने चलचित्रलाई नेगेटिभ बुद्ध र रस ताण्डवले मिलेर निर्माण गर्नेछन् । तिहारपछि छायांकन सुरु हुने चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । चलचित्र अर्को वर्षको दशैंमा प्रदर्शनमा आउने निर्देशक श्रेष्ठले बताए । २०७७ को दशैंमा ‘अल्लारे २’, ‘एन्टी हिरो’, ‘ए मेरो हजुर ४’, ‘आई एम ट्वान्टिवान’ पनि प्रदर्शनमा आउने तयारीमा छन् ।

सिक्वेलमा पुराना कलाकार हुने वा नहुने विषयमा केही दिनमा टुंगो लाग्ने निर्देशक श्रेष्ठले बताए । ग्याङस्टारको कथामा निर्माण भएको ‘छड्के’ लाई रिलिजपूर्व ‘स्योर सट हिट’ मानिएको थियो । तर, रिलिजपछि चलचित्रले दर्शकको साथ पाउन सकेको थिएन । यद्यपि, समीक्षकले भने चलचित्रलाई निकै रुचाएका थिए । यो चलचित्रमा अभिनेता विपिन कार्कीको अभिनयको निकै प्रशंसा भएको थियो । चलचित्रमा उनी विन्दू माझीको भूमिकामा थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu