कमेडी र एक्सनले भरिएको ‘बादशाह जुट’ ट्रेलर (भिडियो)



आउँदो कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता सुशील श्रेष्ठ स्टारर चलचित्र ‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कमेडी र एक्सनले भरिपूर्ण छ । ट्रेलरमार्फत् चलचित्रको मूलकथा प्रस्ट्याउन खोजिएको छ । आफूलाई बादशाह सम्झने दुई युवकको कथा चलचित्रले भन्छ ।

चलचित्रमा अभिनेता सुशील पत्रकारको भूमिकामा छन्, जो चर्चित सञ्चारकर्मी रवि लामिछानेजस्तो नेम र फेम कमाउन चाहन्छ । तर, आफू कार्यरत मिडिया हाउसको मालिकले उसको कुनै कामलाई प्रशंसा र प्रोत्साहन गर्दैन । ऊ आफूलाई भने बादशाह सम्झन्छ । आफूलाई बादशाह सम्झने अर्का पात्र हुन्, आमिर गौतम । ऊ हवल्दार भए पनि आफूलाई ठूलो अफिसर ठान्छ ।


जोनी सिंह राणा निर्देशित यो चलचित्रको मूलकथा यी दुई पात्रले गर्ने संघर्षमा आधारित रहेको छ । चलचित्रमा आफूले निभाएको भूमिकाबारे सुशील भन्छन्, ‘मैले यसअघि यसप्रकारको भूमिका गरेको थिइनँ । मलाई कसैले यस्तो भूमिकामा पत्याउनु पनि भएको थिएन । ‘बादशाह जुट’ मा मैले निभाएको क्यारेक्टर रवि लामिछानेको ठूलो फ्यान हो । उहाँजस्तै नेम र फेम कमाउन चाहन्छ ।’

चलचित्रमा रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ । भने, अतिथी भूमिकामा प्रियंका कार्की छिन् । हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) को निर्माण रहेको चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu