‘सेल्फी किङ’ को अष्ट्रेलिया राइट्स २५ लाखमा बिक्री



केही दिनदेखि चलचित्र ‘सेल्फी किङ’ को अहिले धमाधम छायांकन भइरहेको छ । यसबीच, चलचित्रको अष्ट्रेलिया राइट्स निकै महँगो मुल्यमा बिक्री भएको छ । विदेशमा उच्च माग रहेको यो चलचित्रको अष्ट्रेलियामा ‘प्रसाद’ प्रदर्शन गरेको गोर्खे इन्टरटेनमेण्टले २५ लाखमा प्रदर्शन अधिकार खरिद गरेको हो ।

यस्तै, युरोप, अमेरिका, जापान, कोरिया, साउदी, दुबई, हङकङ, मलेसियालगायतका देशबाट पनि चलचित्रको प्रदर्शन राइट्स खरिदको प्रस्ताव आएको निर्माता सुवास थापाले बताएका छन् । जसमध्ये अधिकांश देशमा ‘प्रसाद’ का वितरकहरु नै ‘सेल्फी किङ’ खरिद गर्नका लागि इच्छुक देखिएका छन् । ‘प्रसाद’ ले नेपालसँगै विदेशमा राम्रो कमाएको थियो ।


निर्माता थापाका अनुसार, केही दिनमै अन्य देशका वितरकसँग ‘सेल्फी किङ’ को प्रदर्शनको लागि सम्झौता हुनेछ । उनले निर्देशक दिनेश राउतसँग सहकार्य गरेर यो चलचित्र बनाउन लागेका हुन् । ड्रामा र कमेडी जनरामा बन्ने चलचित्रले एक चर्चित हाँस्य कलाकारले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा भन्नेछ ।

विशाल सापकोटाले निर्देशन गरिरहेको फिल्मको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहनेछ । उनका अलावा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहनेछ । भने, अभिनेत्री केकी अधिकारीले विशेष भुमिकामा अभिनय गर्नेछिन् ।

निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन र निर्मल लामाको कोरियोग्राफी रहने चलचित्रको सह-निर्मातामा राजेश बिसुराल र प्रवल कोइराला छन् । चलचित्रलाई यसै वर्षभित्र प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu