राजेश हमाललाई प्रश्नः ससुराली जाने तयारीमा हुनुहुन्छ ? (भिडियोसहित)



दशैंको छेकोमा अभिनेता राजेश हमाललाई कामको चटारो छ । उनले एकपछि अर्को म्यूजिक भिडियोमा काम गरिरहेका छन् । फूलपातीपछि भने उनी परिवारसँग समय विताउने सोचमा छन् । १६ वर्ष अगाडि विजयादशमीको दिन आमाको निधन भएका कारण एकादशीको दिन मात्र टीका लगाउने उनी यसपालीको दशैं धनकुटामा मनाउने योजनामा थिए । किनकि, उनी त्यहाँ एक कार्यक्रममा सहभागी हुन जाँदै थिए ।

तर, पूर्वतिर निरन्तर परेको पानीका कारण कार्यक्रम स्थगित भएपछि यसपटकको दशैं पनि राजधानीमा हुने उनले बताए । मंगलबार एक कार्यक्रममा उनले आफ्नो दशैंको योजनाबारे भने- ‘अन्तिम समयमा आएर दशैं योजना परिवर्र्तन भएको छ । फूलपातीमा धनकुटामा कार्यक्रममा सहभागी हुने र उतै दशैं मनाउने योजनामा थिएँ । तर, अन्तिम समयमा पानीका कारण कार्यक्रम स्थागित भएपछि यसपालीको दशैं काठमाडौंमै हुने भएको छ । दशैंको बेला काठमाडौं शान्त हुन्छ । झन् त्यसको आनन्द उठाउन पाइन्छ ।’


उनले विवाहपछि अहिलेसम्म दशैँमा ससुराली नगएको पनि बताए । दशैंमा ससुराली जाने तयारीमा हुनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले ठट्यौली शैलीमा भने- ‘ससुरालीको सदस्य नै मेरो घरमा आएको छ । (लामो हाँसो) धनकुटातिर गएको भए ससुराली जान्थेँ । बिहे गरेको भर्खर-भर्खर भयो । अहिलेसम्म दशैँ र तिहारमा ससुराली गएको छैन । तर, ससुराली जाँदा रमाइलो लाग्छ । चाड पर्वमा नगए पनि अरु बेला गएको छु ।’

ससुरालीमा हुने ज्वाईंको मानमनितो र स्वागत सत्कार आफूलाई रमाइलो लाग्ने उनले बताए । केही महिना अगाडि ‘को बन्छ करोडपति ?’ टेलिभिजन कार्यक्रम सकाएका उनी अहिले देश तथा विदेशमा हुने विभिन्न कार्यक्रममा व्यस्त छन् । उनले बाक्लै भिडियो पनि गरिरहेका छन् । तर, हमालले फिल्मबाट दूरी बनाएका छन् । पछिल्लो रिलिज चलचित्र ‘सकुन्तला’ र ‘बागमती’ असफल भएपछि उनले कुनै चलचित्र साइन गरेका छैनन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu