यस बर्षको प्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’ यही शुक्रबार रिलिज भयो । दशैंको अन्त्यतिर प्रदर्शनमा आएको यो चलचित्रको व्यापार आश्चर्यजनक भएको अभिनेता दीपकराज गिरीले बताए ।
हामीसंगको कुराकानीमा गिरीले शनिवारको व्यापार रेकर्ड तोड रहेको जनाएका छन् । रिलिजको पहिलो दिन शुक्रबारको ग्रस कलेक्सन १ करोड ५५ लाख आसपास रहेको बताएका उनले दोश्रो दिन शनिवारको कलेक्शन १ करोड ९० लाख आसपास रहेको बताए । जसमा उनि आफै सदस्य रहेको एफडि कम्पनीको रिपोर्टमा काठमाडौँ उपत्यका बाहिर ९० लाख देखिएको बताए ।

गिरीले दिएको रिपोर्टलाइ मान्ने हो भने अहिलेसम्मकै ठुलो दुइ दिने व्यापार हो । यद्यपि वितरकहरुबाट खास व्यापारिक रिपोर्ट भने आइसकेको छैन ।
राजनैतिक विषयलाई उठान गरिएको यस चलचित्रलाई दर्शकले रुचाएका छन् । दीपेन्द्र लामाको निर्देशन रहेको यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ भने कथा दीपेन्द्र लामाको हो भने पटकथा दीपकराजले तयार गरेका हुन् । ‘आमा सरस्वती मुभिज्’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘र्आइएमई’को संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता रोहित अधिकारी हुन् ।




