‘सरौतो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक (भिडियो)



छायाँकार हरि हुमागाईंको डेब्यू निर्देशित चलचित्र ‘सरौतो’ को एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको छ । आउँदो कात्तिक २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको २ मिनेट ३३ सेकेण्ड लम्बाईको ट्रेलरमा अभिनेत्री सुमी मोक्तानलाई एक्सन अवतारमा देख्न सकिन्छ । ट्रेलर हेर्दा एक्सन प्रेमी दर्शकलाई चलचित्रले रिझाउन सक्ने देखिन्छ ।

चलचित्रमा सुमीको पिताको भूमिका क्याप्टेन विजय लामाले निभाएका छन् । भने, अभिनेता सन्नी सिंह प्रेमीको भूमिकामा छन् । पिताको हत्यारालाई सजाय दिन एक छोरीले गर्ने संघर्षको कथा फिल्मले वाचन गर्ने ट्रेलरले प्रस्ट्याउँछ । बदलाको कथामा निर्मित चलचित्रलाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखेको निर्देशक हुमागाईं बताउँछन् ।


चलचित्रमा सुमी, सन्नी र विजयका अलावा लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको पनि अभिनय छ । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रमा राघव कृष्ण गौतमको लेखन छ ।

उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको चलचित्रमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ । ‘सरौतो’ आफ्नो ड्रिम प्रोजेक्ट बताउने अभिनेत्री सुमी चलचित्रका लागि एक्सन सिक्न निकै मेहनत गरेको बताइन् । अभिनेत्री सन्नीले चलचित्र राम्रो बनेको बताउँदै दर्शकलाई एकपटक हेर्न आग्रह गरे ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu